• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • भारतले गर्‍यो ४४०० किलोग्रामको सीएमएस-०३ उपग्रह प्रक्षेपण

    भारतले गर्‍यो ४४०० किलोग्रामको सीएमएस-०३ उपग्रह प्रक्षेपण

    भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सीएमएस-०३ नामक सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको छ।

    प्रक्षेपणपछि इसरोका अध्यक्ष भी. नारायणनले भने, ‘एलभीएम३-एम५ ले सीएमएस-०३ सञ्चार उपग्रहलाई सफलतापूर्वक यसको तोकिएको कक्षमा स्थापना गरेको छ।’

    उनले थपे, ‘म सम्पूर्ण इसरो टोली र सबै साझेदारलाई उनीहरूको भूमिका र योगदानका लागि बधाई दिन्छु। आजको मिसनले भारतको लागि अर्को गर्वको क्षण ल्याएको छ।’

    अध्यक्ष भी. नारायणनका अनुसार आर्थिक वर्षको अन्त्यसम्ममा थप सात उपग्रह प्रक्षेपण गरिनेछ। गगनयानको पहिलो मानवरहित मिसन पनि उन्नत चरणमा पुगेको छ।

    इसरोका अनुसार, आइतबार साँझ प्रक्षेपण गरिएको सीएमएस-०३ उपग्रह बहु-ब्यान्ड सञ्चार उपग्रह हो।

    ४,४०० किलोग्राम तौल भएको यो उपग्रह भारतबाट प्रक्षेपण गरिएको अहिलेसम्मकै सबैभन्दा भारी उपग्रह हो।



    radiomirmire radiomirmire    
  • २०८२ कार्तिक २१, शुक्रबार ०७:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP