२०८३ कार्तिक २३,
चितवन: पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
आइतबार बिहान १० बजेदेखि नै सडक दुईतर्फी रूपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिएका छन्। सडक अवरुद्ध भएपछि दुवैतर्फ सयौं सवारीसाधन र यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
चाडपर्वको बेला यसरी मुख्य राजमार्ग अवरुद्ध हुँदा यात्रा गर्ने यात्रुहरूले निकै सास्ती व्यहोर्न बाध्य भएका छन्। हाल पहिरो पन्छाउने काम तीब्र रूपमा भइरहेको छ। प्रहरी निरीक्षक थापाले थप पहिरो नखसेमा छिट्टै नै सडक दुईतर्फी सञ्चालनमा आउने जानकारी दिएका छन्।
प्रतिक्रिया