• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • बालश्रम शोषण कसुरमा मध्यराति पक्राउ परिन एमाले प्रदेश सांसद रेखा शर्मा

    बालश्रम शोषण कसुरमा मध्यराति पक्राउ परिन एमाले प्रदेश सांसद रेखा शर्मा

    काठमाडौँ, १६ चैतः लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई आइतबार राति ११ बजे काठमाडौँको धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो। उनी नेकपा (एमाले) बाट लुम्बिनी प्रदेश सभामा समानुपातिक सांसद हुन्।सांसद रेखा शर्मामाथि बालश्रम शोषण र बालबालिका विरुद्धको कसुर गरेको आरोप लागेको छ। उनले एक नाबालिकालाई आफ्नो घरमा घरेलु कामदारका रूपमा राखेर श्रम शोषण गरेको भन्दै काठमाडौँ महानगरपालिकाले मुद्दा अघि बढाएको थियो।२०८१ जेठमा काठमाडौँ महानगरपालिकाले उनको घरबाट एक १४ वर्षीया बालिकालाई उद्धार गरेको थियो। ती बालिकाले आफूलाई घरको सबै काम गर्न लगाइएको र श्रम शोषण भएको बयान दिएकी थिइन्।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र १६, सोमबार ०८:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP