• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

  • चिनियाँ सैन्य विमानमार्फत ५० टन राहत सामग्री काठमाडौं आइपुग्यो

    चिनियाँ सैन्य विमानमार्फत ५० टन राहत सामग्री काठमाडौं आइपुग्यो

    चीन सरकारले नेपालका बाढी-पहिरो प्रभावितहरूका लागि ५० टन आपत्कालीन राहत सामग्री र सुरुङ उद्धार विशेषज्ञ टोली पठाएको छ। आइतबार बिहान करिब ७ बजे चिनियाँ जनमुक्ति सेनाका दुई वटा ‘वाई-२०’ ट्रान्सपोर्ट विमान सामग्रीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

    नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले विमानस्थलमा आयोजित एक कार्यक्रमका बीच विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन र प्रतिनिधिसभा सदस्य धर्म केसीलाई उक्त राहत सामग्री हस्तान्तरण गर्नुभयो। सोही अवसरमा नेपाल आइपुगेका ४ जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूलाई पनि स्वागत गरिएको थियो। विशेषज्ञ टोली आवश्यक अत्याधुनिक उद्धार उपकरणसहित नेपाल आएको हो।

    चीनको छङ्दुस्थित सुवाङलिउ विमानस्थलबाट ल्याइएको ५० टन तौल बराबरको १३ हजार २०० थान राहत सामग्रीमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड र प्राथमिक उपचार किट समावेश छन्। नेपाल-चीन सीमा क्षेत्रलगायत मुलुकका विभिन्न भागमा आएको बाढी-पहिरोपछिको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउन चीनले यो सहायता उपलब्ध गराएको हो।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १४, आईतवार ०६:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP