• २०८३ भाद्र २२ | Mon, 07 Sep 2026

  • अमेरिकाद्वारा नेपालका बाढी प्रभावितका लागि ३६ लाख डलर सहायता घोषणा

    अमेरिकाद्वारा नेपालका बाढी प्रभावितका लागि ३६ लाख डलर सहायता घोषणा

    अमेरिकाले नेपालका बाढी प्रभावितहरूका लागि ३६ लाख अमेरिकी डलर (करिब ४८ करोड नेपाली रुपैयाँ) भन्दा बढीको जीवनरक्षक मानवीय सहायता घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ (X) मार्फत सन्देश जारी गर्दै विपद्को यस घडीमा अमेरिका नेपाली जनताको साथमा रहेको जनाएको हो।

    यस सहायताअन्तर्गत बाढीबाट अति प्रभावित १० हजार घरपरिवारलाई ३ महिनासम्म पुग्ने आपत्कालीन खाद्यान्न उपलब्ध गराइनेछ। साथै, विदेश मन्त्रालयले विपद्को अवस्थामा आफ्ना नागरिकहरूको सुरक्षा पनि सर्वोच्च प्राथमिकतामा रहेको उल्लेख गरेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १४, आईतवार ०६:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP