• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

  • बाढी प्रभावितका लागि यूएईको ठूलो सहयोग: डेढ अर्ब नगदपछि ८० टन राहत सामग्री नेपालमा

    बाढी प्रभावितका लागि यूएईको ठूलो सहयोग: डेढ अर्ब नगदपछि ८० टन राहत सामग्री नेपालमा

    संयुक्त अरब इमिरेट्स (यूएई) ले नेपालका बाढी प्रभावितहरूका लागि थप ८० टन राहत सामग्री हस्तान्तरण गरेको छ। भोटेकोसी बाढीपछिको विपद्‌मा नेपाललाई सबैभन्दा बढी नगद सहयोग गर्ने मुलुकको रूपमा रहेको यूएईले यसअघि नै १० मिलियन अमेरिकी डलर (करिब १ अर्ब ३५ करोड रुपैयाँ) नगद सहायता उपलब्ध गराइसकेको छ।

    विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनका अनुसार शनिबार राति ११:३० बजे भारी वर्षाका बीच यूएई सरकारले पठाएको उक्त ८० टन राहत सामग्री नेपाल सरकारले औपचारिक रूपमा बुझेको हो। मन्त्री पुनले पर्सि (सोमबार) अर्को विमानमार्फत थप राहत सामग्री काठमाडौं आइपुग्ने जानकारीसमेत दिनुभएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १४, आईतवार ०६:४२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP