सेयरबजार ५.८० अंकले घटेर बन्द भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से सो अंकले घटेर २५६०.२९ विन्दुमा पुगेको हो।सोमबार बजारमा ८६ लाख कित्ता सेयर बिक्री हुँदा कारोबार रकम ४ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
योसँगै ९० वटा सेयरको मूल्य बढ्दा १५१ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ। आज दरम खोला हाइड्रो, सागर डिस्टिलरी, बुंगल हाइड्रो, माबिलुङ इनर्जी र सिटी होटल्सको ९ प्रतिशत बढीको वृद्धिदर देखिएको छ।
मूल्य घटेका सेयरहरुमध्ये भने उन्नति सहकार्य अगाडि छ। कम्पनीको १० प्रतिशतले सेयर घटेको छ। रुरु जलविद्युत् परियोजना ८.४५, धौलागिरि लघुवित्त ५.६६, उपकार लघुवित्त ५.६३ र नेपाल माइक्रो इन्स्योरेन्स ४.४३ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
कारोबारतर्फ आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ४८ करोडको कारोबार भएको छ। त्यसैगरी युनियन हाइड्रोपावरको २५ करोड, एसबीएल डिबेन्चर २४ करोड, राधी विद्युत् १७ करोड र शिवम् सिमेन्टको १५ करोडको कारोबार भएको छ।
सोमबार होटल तथा पर्यटन, लगानी र व्यापार सूचक क्रमशः १.६४, ०.१० र ०.५५ प्रतिशतले बढे पनि बाँकी सबै घटेका छन्।
प्रतिक्रिया