• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • एनपीएलमा लुम्बिनीको दोस्रो जित

    एनपीएलमा लुम्बिनीको दोस्रो जित

    काठमाडाैं । लुम्बिनी लायन्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा दोस्रो जित निकालेको छ ।

    शनिबार भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्समाथि तीन विकेटको रोचक जित निकालेको हो । क्रिवि त्रिकेट मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य पछ्याएको लुम्बिनीले १९ ओभर ४ बलमा ७ विकेट गुमाएर लक्ष्य भेट्टायो । लुम्बिनीका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४० रनको योगदान गरे ।

    त्यस्तै निरोसश दिकेवालाले ३७ रन बनाउँदा सन्दीप जोराले नटआउट २५ रनको योगदान गरे । पोखराका लागि विपिन खत्री, सागर ढकाल र म्याट टेलरले दुई–दुई विकेट लिए । त्यस्तै जिम्मी निशमले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५० रन बनाएको थियो ।

    पोखराका लागि जिम्मी निशम र रोसिङ्टनले अर्धशतकीय पारी खेले । पोखराका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ लुम्बिनीका लागि शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए ।

    त्यस्तै गुल्बदिन नैबले एक विकेट लिए । आजको खेलमा जित निकाल्दै लुम्बिनीले ५ खेलबाट ४ अंक जोडेको छ । पराजित पोखराको चार खेलबाट २ अंक छ । आजै हुने दोस्रो खेलमा जनकपुर बोल्टसले अपराजित सुदूरपश्चिमको सामना गर्नेछ ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर १३, शनिबार ०९:२३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP