• २०८२ माघ २९ | Thu, 12 Feb 2026

  • वातावरण बन्यो भने निर्वाचनमा सहभागी हुन्छौँ, चुनाव जित्छौँ, बहुमत ल्याउँछौँ : ओली

    वातावरण बन्यो भने निर्वाचनमा सहभागी हुन्छौँ, चुनाव जित्छौँ, बहुमत ल्याउँछौँ : ओली

    नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले चुनावी वातावरण बनेका आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सहभागी हुने बताएका छन्।

    काठमाडौँको कार्की बैंक्वेटमा एमाले स्वयं सेवकलाई सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनावी वातावरण बन्नुपर्नेमा जोड दिए।

    ‘शान्तिपूर्ण वातावरणमा निर्वाचन होस्, धाधलीरहित होस्। हामी त्यो समय पर्खिरहेका छौं,’ एमाले अध्यक्ष ओलीले भने, ‘निर्वाचनको वातावरण बन्यो भने हामी निर्वाचनमा सहभागी हुन्छौं, बहुमत ल्याउँछौं। चुनाव जित्छौँ।’

    चुनावी वातावरण बनेमा फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने बताउँदै उनले एमाले नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिए। ‘हामी जस्तोसुकै परिस्थितिका लागि तयार हुनुपर्छ,’ ओलीले भने।

    सरकार निर्वाचनको वातावरण बनाउनतिर नलागेको उनको भनाइ थियो। राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री सुशीला कार्कीसँग भएको तीन दलका शीर्षनेताको बैठकमा पनि आफूले चुनावको वातावरण बनाउन आग्रह गरेको बताए।

    त्यसपछि पनि सरकारले ध्यान नदिएको आरोप लगाउँदै उनले भने, ‘निर्वाचनको वातावरणै बनेको छैन, बनाउनतिर सरकारले ध्यानै दिएको छैन।’



    radiomirmire radiomirmire    
  • २०८२ पुष १०, बिहीबार ०९:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP