देशमा योजनाबद्ध रूपमा अराजकता मच्चाउन खोजेको आरोपमा व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। काठमाडौं प्रहरीले उनलाई सोमबार मध्यराति भक्तपुरस्थित घरबाट पक्राउ गरेको हो। प्रसाईंले ७ मंसिरदेखि आन्दोलन गर्ने घोषणा गरेका थिए। उनले अराजक अभिव्यक्ति दिँदै आएका छन्।
चुनाव भाँड्न विभिन्न किसिमका गतिविधि गर्न लागेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको एक उच्च प्रहरी अधिकारीले बताए। उनी राजतन्त्रको पक्षमा लागेका छन्। हालै प्रसाईं भारत भ्रमणमा समेत गएका थिए। काठमाडौं प्रहरीले प्रसाईंविरुद्ध मुद्दा चलाउने तयारी गरेको छ।
प्रसाईंको पक्राउको विरोधमा उनको नागरिक बचाउ दलले आन्दोलनको घोषणा गरेको छ। आजै सो पार्टीले प्रदर्शनको तयारीसमेत गरेको छ।
प्रतिक्रिया