राष्ट्रिय स्वतन्त्र पार्टी ले आज धनगढीमा चुनावी सभा गर्दै छ । केहीबेरमा सुरु हुने चुनावी सभालाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह धनगढी आइपुगेका छन् ।
नियमित उडानबाट रवि हिजो बेलुकी नै यहाँ आएर महेन्द्रनगर गएका थिए । बालेन बिहानको उडानबाट धनगढी आइपुगेका हुन् । धनगढी उपमहानगरपालिका– २ स्थित सुदूरपश्चिम महोत्सव सञ्चालन हुने स्थानमा रास्वपाको परिवर्तन उद्घोष सभा हुन लागेको हो ।
सभामा सहभागी हुन सुदूरपश्चिमका विभिन्न जिल्लाबाट रास्वपाका उम्मेदवार र अगुवा नेता–कार्यकर्ता धनगढी आएका छन् । सभालाई सम्बोधन गरेपछि सभापति लामिछाने र वरिष्ठ नेता शाह स्थलमार्ग भएर कर्णाली प्रदेशको सुर्खेत जाने बताइएको छ । सभा आयोजक समितिका संयोजक कवीन्द्र ठकुल्लाले सभा शक्ति प्रदर्शनभन्दा पनि विचार प्रवाहमा केन्द्रित रहने बताए ।
प्रतिक्रिया