श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले मुलुकमा कसैको पनि सुरक्षा र न्याय नभएको भन्दै सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका छन्। मङ्गलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद साम्पाङले सरकार निष्क्रिय बन्दा आम नागरिकदेखि जनप्रनिधिसम्म असुरक्षित हुनुपरेको दाबी गरे।
संसदमा बोल्दै उनले देशमा झैझगडा, आगजनी र धम्कीका घटनाहरू बढिरहेको र यसबारे जानकारी गराउँदा पनि सम्बन्धित निकायले कारबाही नगरेको आरोप लगाए। माइतीघरमा महिनौँदेखि न्यायको पर्खाइमा बसेका सर्वसाधारणको उदाहरण दिँदै उनले मन्त्रीहरू मन्त्रालयको सुविधायुक्त कोठामा मात्र सीमित नभई सडकमा उत्रिएर जनताको वास्तविक दुःख र पीडा बुझ्नुपर्ने बताए।
सो क्रममा साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको गैरजिम्मेवारीपन र लापर्बाहीका कारण देशमा विभिन्न समस्याहरू सिर्जना भइरहेको आरोपसमेत लगाए। प्रधानमन्त्री शाहले विपक्षी दल र नागरिकका समस्या सुन्नुको साटो आफ्नै मन्त्रिमण्डलका सदस्यहरूसँग समेत आवश्यक समन्वय गर्न नसकेको उनको जिकिर थियो।
प्रतिक्रिया