कैलालीको धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका ३५ वर्षीय ज्योति चौधरीको उपचारका क्रममा मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी प्रहरी निरीक्षक कैलाश विष्टका अनुसार घरयासी विवादका कारण गत ९ गते चौधरीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका थिए।
घटनालगत्तै उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याइएको थियो। शरीरको करिब ६० प्रतिशत भाग जलेकाले चिकित्सकले थप उपचारका लागि नेपालगञ्ज रेफर गरे पनि परिवारले भने काठमाडौं ल्याउने निर्णय गरेका थिए।
सडकमार्ग हुँदै काठमाडौं ल्याउँदै गर्दा हिजो बेलुका ५ बजे बाटोमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया