• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • अस्ट्रेलियामा हुने टप एन्ड टी-२० सिरिज खेल्न नेपाल ‘ए’ टोली प्रस्थान

    अस्ट्रेलियामा हुने टप एन्ड टी-२० सिरिज खेल्न नेपाल ‘ए’ टोली प्रस्थान

    काठमाडौं । टप एन्ड टी-२० सिरिजमा सहभागिता जनाउन नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान गरेको छ। १५ सदस्यीय नेपाली टोली गएराति अस्ट्रेलियातर्फ प्रस्थान गरेको हो।

    यसअघि नेपाल क्रिकेट सङ्घ (क्यान) ले अस्ट्रेलिया जाने टोलीलाई आइतबार नै औपचारिक बिदाइ गरेको थियो। यसपटक अस्ट्रेलिया भ्रमणका क्रममा नेपाल ‘ए’ टोलीको कप्तानी अनिलकुमार साहले गर्नेछन्।

    यही भदौ ५ गते (अगस्ट २१) देखि सुरु हुने टप एन्ड टी–२० सिरिजको पहिलो खेलमा नेपाल ‘ए’ ले नर्दन टेरिटोरी स्ट्राइकको सामना गर्नेछ। यस्तै, नेपालले भदौ ६ गते बङ्गलादेश हाई पर्फर्मेन्स, भदौ ८ गते होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ गते हैदरावाद किङ्समेन एकेडेमी र भदौ १३ गते भिक्टोरिया सिए–११ विरुद्ध प्रतिस्पर्धा गर्ने तालिका छ।

    टी-२० सिरिजबाहेक अस्ट्रेलियामा रहँदा नेपाल ‘ए’ ले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियासँग एकदिवसीय अभ्यास खेलहरूसमेत खेल्ने क्यानले जनाएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र २, मंगलवार ०८:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP