• २०८२ फाल्गुन २६ | Tue, 10 Mar 2026

  • दीपेन्द्रले अर्धशतक बनाएपछि नेपालले दियो वेस्ट इन्डिजलाई १३४ को लक्ष्य

    दीपेन्द्रले अर्धशतक बनाएपछि नेपालले दियो वेस्ट इन्डिजलाई १३४ को लक्ष्य

    अलराउन्डर दीपेन्द्रसिंह ऐरीले धैर्यपूर्ण ब्याटिङ गर्दै अर्धशतक बनाएपछि नेपालले आइसिसी टी–२० विश्वकप २०२६ को आफ्नो तेस्रो खेलमा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।

    आइतबार वानखेडे रंगशालामा नेपालले टस हारेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३३ रन बनाएको थियो ।

    विश्वकपमा पहिलोपटक वेस्ट इन्डिजसँग खेलिरहेको नेपालको लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ५८ रन बनाए । उनले ४७ बलमा समान तीन चौका र छक्का हिर्काएका थिए । तेस्रो विकेट लिएका ज्यासन होल्डरले रभमन पावेलबाट दीपेन्द्रलाई छक्का प्रहार गर्न खोज्दा क्याचआउट गराएका थिए ।

    १४.६ ओभरमा नेपाललले ७३ रन बनाउँदा ६ विकेट गुमाएपछि दीपेन्द्र र सोमपालबिच बलियो साझेदारी भएको थियो । मध्यक्रममा उपकप्तान दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीबिच २६ बलमा ५४ रनको साझेदारी भएपछि नेपालले मध्यमस्कोर बनाएको हो ।

    मध्यक्रममा आएका दीपेन्द्रले धैर्यपूर्ण ब्याटिङ गर्दै ४४ बलमा तीन चौका र दुई छक्का हिर्काउँदै ५० रन पूरा गरेका हुन् । उनी विश्वकपमा अर्धशतक बनाउने दोस्रो नेपाली खेलाडी बने । सन् २०१४ मा सुवास खकुरेलले अर्धशतक बनाएका थिए । त्यसपछि एकैपटक सन् २०२६ मा नेपालले अर्धशतक बनाएको हो ।

    यसअघि दीपेन्द्रले गुल्सन झासँग २६ बलमा २७ रन बनाउँदै नेपालको स्कोर बढाएका थिए । यसअघि दीपेन्द्रले नै लोकेश बमसँग २५ बलमा २३ रनको साझेदारी गरेका हुन् । १८औँ ओभरमा सोमपाल र दीपेन्द्रले ज्यासन होल्डरबाट १६ रन जोड्दै नेपालको स्कोर बढाएका थिए ।

    सोमपालले १५ बलमा चार चौकासहित अविजित २६ रनको योगदान गरेका थिए । प्रशिक्षक स्टुआर्ट लले यसअघि दुवै खेलमा बेन्चमा राखेका सोमपाल कामीलाई तेस्रो खेलमा अवसर दिएका थिए । उनले ललित राजवंशीलाई प्रतिस्थापना गरेका हुन् । योसँगै सोमपाल तीन फरक विश्वकप खेल्ने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले सन् २०१४ र सन् २०२४ को विश्वकप पनि खेलेका थिए । सन् २०१४ मा विश्वकप खेलिरहेका सोमपाल मात्रै यो विश्वकप खेलिरहेका छन् ।

    सुरुको पाँच बलमै कुशल भुर्तेललाई एक रन बनाउँदा अकिल हुसैनले बोल्ड गरेका थिए । वेस्ट इन्डिजले पहिलो ओभरमै स्पिनर ल्याउँदै नेपाललाई दबाबमा राख्न खोज्यो । तिव्रगतिका बलर म्याथ्यु फोर्डले रोहित पौडेललाई ३.१ ओभरमा दोस्रो विकेटको रूपमा बोल्ड गरे । त्यतिवेलासम्म रोहितले मात्र सात बलमा पाँच रन बनाउँदा नेपालले १७ रन जोडेको थियो ।

    पाँचौँ ओभर लिएका आएका ज्यासन होल्डरले १० बलमा ११ रन बनाएका ओनपर आसिफ शेखलाई पहिलो बलमै आउट गरे । छक्का हान्ने चक्करमा रहेका आसिफलाई फाइन लेग फिल्डर हेटमायरले तेस्रो विकेटको रूपमा क्याच गरेका थिए । नेपालले चौथो विकेटको रूपमा मध्यक्रमका ब्याटर आरिफ शेखलाई ६.३ ओभरमा दुई रन बनाउँदा गुमायो । होल्डरले व्यक्तिगत दोस्रो विकेट लिँदा आरिफलाई फोर्डबाट क्याच गराएका हुन् ।

    मध्यक्रममा सम्हालिने प्रयास गरेका लोकश बम पनि १३ रन बनाउँदा पाँचौँ विकेटको रूपमा आउट भए । १५ बलमा दुई चौका प्रहार गरेका लोकेशलाई सामर जोसेफले विकेटकिपर तथा कप्तान होपबाट क्याच गराएका थिए ।

    दीपेन्द्रसँग सम्हालिने कोसिस गरेका गुल्सन पनि १४ बलमा ११ रन बनाएर आउट भए । एक छक्का प्रहार गरेका दीपेन्द्रलाई रोस्टन चेजले १४.७ ओभरमा बोल्ड गरे । गुल्सन यसअघि इंग्ल्यान्ड र स्कटल्यान्डविरुद्ध पनि ठुलो स्कोर बनाउनबाट चुकेका थिए । उनी आउट हुँदा नेपालले ६ विकेट गुमाउँदा ७३ रन जोडेको थियो ।

    वेस्ट इन्डिजका लागि होल्डरले सर्वाधिक चार विकेट लिएका थिए ।

    वेस्ट इन्डिज आज नेपाललाई पराजित गर्दै लगातार तेस्रो जित निकाल्न चाहन्छ । आजको खेल जितेको अवस्थामा वेस्ट इन्डिज समूह ‘सी’बाट सुपर आठमा पुग्नेछ ।

    यता नेपाल भने वेस्ट इन्डिजलाई हराउँदै सुपर आठको सम्भावना कायम राख्ने योजनामा छ । यसअघि नेपाल इंग्ल्यान्डसँग चार रन तथा इटालीसँग १० विकेटले पराजित भएको थियो ।



    radiomirmire radiomirmire    
  • २०८२ फाल्गुन ३, आईतवार ०८:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP