• २०८३ श्रावण ३ | Sun, 19 Jul 2026

  • अध्ययन बिदा लिएर ‘फरार’ ३९८ प्राध्यापकलाई त्रिविको चेतावनी: १५ दिनभित्र २ अर्ब फिर्ता गर, नत्र कानुनी कारबाही
    काठमाडौँ, ३ असार ।
    अध्ययन बिदाको नाममा राज्यको स्रोत दुरुपयोग गरेर विश्वविद्यालय नफर्किएका प्राध्यापकहरूमाथि त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कडा कदम चाल्ने भएको छ । ‘अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समिति’ ले सार्वजनिक सूचना जारी गर्दै त्यस्ता प्राध्यापक तथा कर्मचारीहरूलाई तलब-भत्ता फिर्ता गर्न १५ दिनको अन्तिम समयसीमा (अल्टिमेटम) दिएको छ ।

    समितिका संयोजक डा. जीवन काफ्लेका अनुसार सरकार र शिक्षा मन्त्रालयको कडा निर्देशनपछि यो कदम चालिएको हो । तोकिएको १५ दिनभित्र सम्पर्कमा नआए कबुलियतनामा र नियम अनुसार १० प्रतिशत ब्याजसहित रकम असुल गर्न कानुनी प्रक्रिया अघि बढाइने छ ।

    कसरी भयो २ अर्बको बदमासी?
    विज्ञ जनशक्ति उत्पादन गर्ने उद्देश्यले त्रिविले प्राध्यापकहरूलाई तलबसहितको अध्ययन बिदा दिने गर्छ । तर, बिदा लिएर विदेशमै लुक्ने र सम्झौता अनुसार काम नगर्ने प्रवृत्ति बढेपछि गठित छानबिन समितिले ३९८ जना प्राध्यापक दोषी फेला पारेको थियो ।

    जसका कारण त्रिविलाई २ अर्ब रुपैयाँभन्दा बढीको प्रत्यक्ष आर्थिक क्षति भएको छ । समितिको प्रतिवेदन अनुसार बिदाको दुरुपयोग गर्नेहरूमा:

    नफर्किएका प्राध्यापक: १९१ जना (बिदा सकिए पनि विदेशमै लुकेका)

    अध्ययन पूरा नगर्ने: २०७ जना (बिदा लिएर पनि पढाइ पूरा नगरेका)

    दुई बहालवाला सांसदले बुझाए ७८ लाख, ५० जनाबाट ११ करोड उठ्यो
    समितिको खोजीनीतिपछि हालसम्म ५० जना प्राध्यापकले ११ करोड ८४ लाख रुपैयाँ त्रिविको ढुकुटीमा फिर्ता गरिसकेका छन् । रकम फिर्ता गर्नेमा दुई जना वर्तमान सांसद समेत रहेका छन्, जसले सांसद बन्नुअघि त्रिविको बिदा दुरुपयोग गरेका थिए:

    १. डा. आनन्द चन्द (रास्वपा सांसद, कैलाली–५): पाटन संयुक्त क्याम्पसका तत्कालीन उपप्राध्यापक चन्दले गत ३० चैतमा ४४ लाख ५६ हजार रुपैयाँ फिर्ता गरे ।
    २. जगत तिमिल्सिना (कांग्रेस सांसद, राष्ट्रिय सभा): व्यवस्थापन केन्द्रीय विभागका तत्कालीन सहप्राध्यापक तिमिल्सिनाले गत २ वैशाखमा ३३ लाख ५० हजार रुपैयाँ बुझाए ।

    कुन संकायमा कति प्राध्यापक ‘लापत्ता’?
    छानबिन प्रतिवेदन अनुसार सबैभन्दा बढी मानविकी र विज्ञान संकायका प्राध्यापकहरूले बिदाको चरम दुरुपयोग गरेका छन् । संकायगत विवरण यस प्रकार छ:

    मानविकी तथा सामाजिकशास्त्र: ११४ जना

    विज्ञान तथा प्रविधि: १०६ जना

    इन्जिनियरिङ: ९९ जना

    वन विज्ञान: २८ जना

    व्यवस्थापन: १९ जना

    कृषि र पशु विज्ञान: १३ जना

    चिकित्साशास्त्र (IOM): ९ जना
    अध्ययन बिदा लिएर ‘फरार’ ३९८ प्राध्यापकलाई त्रिविको चेतावनी: १५ दिनभित्र २ अर्ब फिर्ता गर, नत्र कानुनी कारबाही

    शिक्षाशास्त्र: ९ जना

    कानुन संकाय: १ जना

    के भन्छ त्रिविको नियम?
    त्रिवि शिक्षक, कर्मचारी सेवासम्बन्धी नियम २०५० अनुसार ३ देखि ५ वर्षको अध्ययन बिदा बस्ने शिक्षकले फर्किएर अनिवार्य रूपमा त्यति नै अवधि त्रिविमै सेवा गर्नुपर्छ । सर्त उल्लंघन गरेमा खाएको तलब-भत्ता १० प्रतिशत ब्याजसहित फिर्ता गर्नुपर्ने कबुलियतनामा हुन्छ । तर, धेरैजसोले रकम नै फिर्ता नगरी राजीनामा बुझाउने गरेकाले त्रिविले आर्थिकसँगै ठुलो शैक्षिक र नैतिक नोक्सानी बेहोर्नुपरिरहेको छ ।

    radiomirmire radiomirmire    
  • २०८३ असार ३, बुधबार ०६:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP