• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • कांग्रेस इतर समूहद्वारा डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय भेला आयोजक समिति घोषणा

    कांग्रेस इतर समूहद्वारा डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय भेला आयोजक समिति घोषणा

    काठमाडौँ — नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी राष्ट्रिय भेलालाई व्यवस्थित रूपमा सम्पन्न गर्न पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा ५५१ सदस्यीय ‘राष्ट्रिय भेला मूल आयोजक समिति’ घोषणा गरेको छ। शनिबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत मूल आयोजक समितिका साथै भेलालाई सफल बनाउन आवश्यक विभिन्न विषयगत र व्यवस्थापकीय उपसमितिहरूको समेत घोषणा गरिएको छ।

    नेता मिनबहादुर विश्वकर्माका अनुसार गठित मूल आयोजक समितिमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय पदाधिकारी तथा सदस्यहरू, प्रदेश कार्यसमितिका सभापति एवं पदाधिकारी, जिल्ला सभापतिहरू, उपत्यकाभित्रका जिल्ला कार्यसमिति पदाधिकारी र महानगर तथा नगर सभापतिहरू समावेश छन्। यसैगरी, पार्टीका संघीय तथा प्रदेश सांसदहरू, पूर्वमन्त्रीहरू र भ्रातृ एवं शुभेच्छुक संस्थाका केन्द्रीय प्रमुखहरूलाई समेत मूल आयोजक समितिमा पदेन सदस्यका रूपमा समेटिएको छ।

    राष्ट्रिय भेलालाई नीतिगत र व्यवस्थापकीय दुवै दृष्टिकोणबाट सफल बनाउन १६ वटा विषयगत समितिहरू गठन गरिएको छ। जसअन्तर्गत राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव, विधान संशोधन मस्यौदा र आर्थिक नीति तयार पार्न छुट्टाछुट्टै समितिहरू निर्माण गरिएका छन्। त्यसैगरी व्यवस्थापनतर्फ प्रचार–प्रसार, आर्थिक, आवास तथा भोजन, मञ्च, स्वयंसेवक परिचालन, स्वास्थ्य, शान्ति सुरक्षा तथा प्रशासन समन्वय र सचिवालय व्यवस्थापन समितिलाई प्राथमिकताका साथ जिम्मेवारी सुम्पिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १६, शनिबार ०९:३१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP