• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ गते, पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गरिने

    रास्वपाको दोस्रो केन्द्रीय समिति बैठक भदौ ५ गते, पदाधिकारी र केन्द्रीय सदस्य मनोनीत गरिने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी भदौ ५ गतेका लागि केन्द्रीय समितिको दोस्रो बैठक आह्वान गरेका छन्। बैठक बस्ने सम्बन्धी जानकारी सबै केन्द्रीय सदस्यहरूलाई पठाइसकिएको छ।

    यसअघि साउन १३ गते बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाहलाई वरिष्ठ नेता बनाउने सभापति लामिछानेको प्रस्ताव सर्वसम्मत पारित गरेको थियो। सोही बैठकले पदाधिकारीमध्येबाट पाँच जनालाई सचिवालय सदस्य चयन गर्ने निर्णय पनि गरेको थियो।

    भदौ ५ गते बस्ने बैठकमा केही पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्यहरूको मनोनयन प्रस्ताव पेश गरी निर्णय गरिने तयारी छ।

    रास्वपामा हाल १ उपसभापति, १ महामन्त्री, १ सहमहामन्त्री, १ प्रवक्ता, ३ सहप्रवक्ता, १ कोषाध्यक्ष र २ सहकोषाध्यक्ष गरी मुख्य पदाधिकारी पदहरू मनोनीत हुन बाँकी छन्। यसैगरी २७ जना सचिवालय सदस्य र ५१ जना केन्द्रीय सदस्यको मनोनयन पनि हुन बाँकी रहेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १, सोमबार ०७:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP