काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले देशमा नोटबन्दी (डिमोनेटाइजेशन) गर्नेबारे कुनै पनि सोच वा योजना नबनाएको स्पष्ट पार्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ विषयक संवाद कार्यक्रममा बोल्दै उहाँले सरकारको यो आधिकारिक धारणा व्यक्त गर्नुभएको हो।
कार्यक्रममा उपस्थित नागरिकहरूले ‘नेपालमा नोटबन्दी किन नगर्ने?’ भनी प्रश्न गरेपछि अर्थमन्त्री वाग्लेले यस विषयमा सरकारको दृष्टिकोण स्पष्ट पार्नुभयो। उहाँले भन्नुभयो, “नोटबन्दीका बारेमा यहाँहरूका रोचक र विचारणीय प्रश्नहरू सुनेँ। तर, अहिलेको हाम्रो आर्थिक परिस्थितिमा यो कदम उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन। नोटबन्दी गर्नेबारे सरकारले अहिलेसम्म कुनै सोच बनाएको छैन।”
नोटबन्दीको अभ्यास गरेका विश्वका अन्य मुलुकहरूको उदाहरण दिँदै उहाँले ती देशहरूमा पनि यसको परिणाम र सफलता राम्रो नदेखिएकाले नेपालजस्तो अर्थतन्त्रमा यस्तो जोखिम लिनु उचित नहुने तर्क प्रस्तुत गर्नुभयो।
प्रतिक्रिया