• २०८३ भाद्र १४ | Sun, 30 Aug 2026

  • हेलिकप्टरमार्फत ४ चिनियाँसहित थप १८३ जनाको उद्धार, सुरुङमा फसेकाहरूको खोजी तीव्र

    हेलिकप्टरमार्फत ४ चिनियाँसहित थप १८३ जनाको उद्धार, सुरुङमा फसेकाहरूको खोजी तीव्र

    नेपाली सेनाले रसुवामा बाढीका कारण अलपत्र परेका थप १८३ जनाको आज (आइतबार) बिहान सफल उद्धार गरेको छ। सेनाको हेलिकप्टरमार्फत टिमुरे, धुन्चे र हाकुबेँसी क्षेत्रबाट ४ जना चिनियाँ नागरिकसहित १८३ जनालाई बिहान ११ बजेसम्म सुरक्षित स्थानमा पुर्‍याइएको हो।

    यसैगरी, भदौ १२ गतेदेखि त्रिशूली-३ जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका श्रमिकहरूको उद्धार कार्यलाई अझ तीव्र पारिएको छ। ९३ जनाको संयुक्त एवं विशेषज्ञ टोली ड्रिलिङ मेसिन, स्काभेटर र हाइड्रोलिक कटरजस्ता आधुनिक उपकरणसहित घटनास्थलमा खटिएको छ। बाढीको बहाव घटेसँगै टनेलको प्रवेशद्वार खोजी गर्ने कार्य सुरु गरिएको सेनाले जनाएको छ।

    बाढी पहिरोबाट प्रभावित विभिन्न जिल्लाहरूमा राहत तथा उद्धारका लागि हाल ८ हजार ४ सयभन्दा बढी सैनिक परिचालन गरिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १४, आईतवार ०६:०६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP