काठमाडौँ – गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनपछि संघीय संसद्को नयाँ अधिवेशन सुरु भएको छ। सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको पूर्वाधारलाई उपयोग गर्दै प्रतिनिधिसभाको बैठक विशेष व्यवस्थासहित प्रारम्भ गरिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको थियो।
प्रतिक्रिया