• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान: शासकीय सुधार र समसामयिक विषयमा छलफल हुने

    मन्त्रिपरिषद्को आकस्मिक बैठक आह्वान: शासकीय सुधार र समसामयिक विषयमा छलफल हुने

    काठमाडौँ, २४ चैत ।

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाउनुभएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक मंगलबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने तय भएको छ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहनुभएका शाह गत चैत १६ गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। पदभार ग्रहण गरेकै दिन उहाँले मन्त्रिपरिषद् गठन गरी शासकीय सुधारका लागि सयबुँदे कार्यसूची पारित गर्नुभएको थियो।

    सरकार गठन भएको छोटो अवधिमा प्रधानमन्त्रीले पटक-पटक मन्त्रिपरिषद्को बैठक डाकेर कार्यसम्पादनमा तीव्रता दिनुभएको छ। यसअघि चैत १६ र २२ गते पनि बैठक बसेको थियो। आजको आकस्मिक बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था र शासकीय सुधारका योजनाहरूको कार्यान्वयनबारे महत्त्वपूर्ण निर्णय हुन सक्ने अनुमान गरिएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र २४, मंगलवार ०७:०७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP