• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • आज देशका सातै प्रदेश र ७७ जिल्ला कमिटीको भर्चुअल बैठक गर्दै एमाले, महासचिव पोखरेलले सम्बोधन गर्ने

    आज देशका सातै प्रदेश र ७७ जिल्ला कमिटीको भर्चुअल बैठक गर्दै एमाले, महासचिव पोखरेलले सम्बोधन गर्ने

    एघारौँ महाधिवेशनको सन्देश प्रवाह गर्न एमालेले आज सबै प्रदेश र देशका ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ।

    मंगलबार दिउँसो २ बजे हुने बैठकलाई महासचिव शंकर पोखरेलले पार्टी केन्द्रीय कार्यलयबाट सम्बोधन गर्ने एमाले केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए। सम्बोधन गर्ने एमालेले जनाएको छ।

    भर्चुअल माध्यमद्वारा पार्टीको ठूलो समूहलाई एकैपटक महाधिवेशनको सन्देश प्रवाह गर्न भर्चुअल बैठक गर्न लागिएको हो।

    अधिकारीका अनुसार जिल्ला कमिटीमा पदाधिकारीदेखि सचिवालय सदस्य सम्म र प्रदेश कमिटीका पदाधिकारी लगायत सबै सदस्यलाई उक्त बैठकमा सहभागी हुन जुम आइडी पठाइएको छ।

    ‘११ औँ महाधिवेशनको प्रारम्भिक फैसला जनसमक्ष पुर्याउन आजको बैठक आयोजना गरिएको हो,’ अधिकारीले भने, ‘महाधिवेशनले चुनेको नेतृत्व, यसको कार्यभार, वर्तमान राजनीतिक अवस्था आदिका बारेमा महासचिव कमरेडले प्रष्ट पार्नुहुनेछ।’

    एमालेले स्थानीय तहबाट भइरहेका गतिविधि, पार्टीसँगको समन्वय र महाधिवेशनले दिएको राजनीतिक कार्यदिशालाई स्विकारेर काम गर्न पार्टीपंक्तीमा निर्देशन दिन बैठक गर्न लागेको हो।



    radiomirmire radiomirmire    
  • २०८२ पुष ८, मंगलवार ०६:३७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP