नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संविधान, विधान वा अदालतको फैसलाका कारण पार्टीको १५औँ महाधिवेशन तोकिएको समयभन्दा एक घण्टा पनि तलमाथि नहुने स्पष्ट पारेका छन्।
गिरिजाप्रसाद कोइराला फाउन्डेसनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले महाधिवेशन प्रक्रिया अब कुनै पनि बहानामा नरोकिने बताएका छन्। उनले महाधिवेशनमा सहभागी हुन कसैलाई पनि बन्देज नलगाइएको उल्लेख गर्दै अलमलमा परेका सबै पक्षलाई समेटेर अघि बढ्ने प्रतिबद्धता जनाए। सम्पूर्ण नेता तथा कार्यकर्तालाई ढुक्क भएर लोकतान्त्रिक अभ्यासमा होमिनसमेत उनले आह्वान गरे।
पार्टीभित्रका विकृति र विसंगतिविरुद्ध निर्मम बन्न तथा आन्तरिक एकताका लागि लचिलो हुन स्वर्गीय गिरिजाप्रसाद कोइरालाबाटै सिकेको स्मरण गर्दै थापाले पार्टीलाई विधि र थितिमा चलाउन कुनै सम्झौता नगर्ने अडान दोहोर्याए। १५औँ महाधिवेशन सम्पन्न भएलगत्तै कांग्रेस जनतासँग प्रत्यक्ष जोडिने बृहत् अभियान लिएर देशका गाउँगाउँ पुग्ने उद्घोषसमेत उनले गरे।
प्रतिक्रिया