• २०८३ भाद्र १० | Wed, 26 Aug 2026

  • काठमाडौँबाट रामेछाप पुगेर युवकमाथि कुटपिट गर्ने ८ जना पक्राउ, ४ वटा मोटरसाइकल बरामद

    काठमाडौँबाट रामेछाप पुगेर युवकमाथि कुटपिट गर्ने ८ जना पक्राउ, ४ वटा मोटरसाइकल बरामद

    पुरानो रिसइबीको बदला लिन काठमाडौँबाट चारवटा मोटरसाइकलमा टोली बनाएर रामेछाप पुगी एक युवकमाथि साङ्घातिक आक्रमण गर्ने आठ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। मन्थली नगरपालिका-९ स्कुलडाँडामा आइतबार स्थानीय जीवन विकमाथि सांघातिक कुटपिट गरी गम्भीर घाइते बनाएको अभियोगमा उनीहरू पक्राउ परेका हुन्।

    जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कमल राउतका अनुसार मन्थली-७ कल्लेरीका करण विकले पुरानो दुश्मनी साध्न योजनाबद्ध रूपमा साथीहरूलाई काठमाडौँबाट रामेछाप बोलाएर आक्रमण गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    पक्राउ पर्ने व्यक्तिहरू:

    • करण विक (३२ वर्ष) – मन्थली नगरपालिका-७, रामेछाप (मुख्य योजनाकार)

    • विपना खाती (२५ वर्ष) – मन्थली नगरपालिका-७, रामेछाप

    • गोपाल विक (२५ वर्ष) – खाँडादेवी गाउँपालिका-३ आँपचौर, रामेछाप

    • दीपेन्द्र लोहार (२० वर्ष) – खाँडादेवी गाउँपालिका-२, रामेछाप

    • नारायण लोहार (३६ वर्ष) – खाँडादेवी गाउँपालिका-१, रामेछाप

    • रमन विक (२४ वर्ष) – सुनकोसी गाउँपालिका-४ डाँगी, सिन्धुली

    • रमेश विक (३० वर्ष) – सुनकोसी गाउँपालिका-४ डाँगी, सिन्धुली

    • चतुरलाल विक (२० वर्ष) – सुनकोसी गाउँपालिका-४ डाँगी, सिन्धुली

    आक्रमणबाट मरणासन्न भएका घाइते जीवन विकको रामेछाप सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। आरोपीहरूलाई पक्राउ गर्नुका साथै घटनामा प्रयोग गरिएका बा ४ ह अथवा अन्य चारवटा मोटरसाइकल पनि प्रहरीले बरामद गरी थप अनुसन्धान अगाडि बढाएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र ८, सोमबार ०७:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP