• २०८३ भाद्र १० | Wed, 26 Aug 2026

  • द्रव्यराम भण्डारी र रन्जित थापा उपरथीमा बढुवा, सोमबार पाए दर्यानी चिह्न

    द्रव्यराम भण्डारी र रन्जित थापा उपरथीमा बढुवा, सोमबार पाए दर्यानी चिह्न

    नेपाली सेनाका दुई सहायक रथी उपरथी (मेजर जनरल) पदमा बढुवा भएका छन्। भदौ ५ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार सहायक रथीद्वय द्रव्यराम भण्डारी र रन्जित थापा उपरथीमा बढुवा भएका हुन्।

    बढुवा भएका दुवै उपरथीहरूलाई सोमबार जङ्गी अड्डामा आयोजित एक विशेष समारोहका बिच प्रधानसेनापति अशोकराज सिग्देलले दर्यानी चिह्न प्रदान गरेका छन्।

    यसै गरी, नेपाली सेनाका चार जना प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्नेल) लाई महासेनानी (कर्नेल) पदमा पदोन्नति गरिएको छ। उनीहरूलाई पनि सोमबार नै दर्यानी चिह्न प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र ८, सोमबार ०८:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP