• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • प्रधानमन्त्री बालेन शाह सडकमार्ग हुँदै मुस्ताङतर्फ: हेलिकप्टरको साटो गाडीमै यात्रा

    प्रधानमन्त्री बालेन शाह सडकमार्ग हुँदै मुस्ताङतर्फ: हेलिकप्टरको साटो गाडीमै यात्रा

    शुक्रबार पोखरामा बास बसेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज (शनिबार) बिहान सडकमार्ग हुँदै मुस्ताङ प्रस्थान गरेका छन्। राति पोखरास्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बसेका उनी आफ्नो टोलीसहित सरकारी गाडीमा मुस्ताङ भ्रमणका लागि निस्किएका हुन्।

    भ्रमण टोलीमा पर्यटनमन्त्री खड्गराज पौडेल ‘गनेस’ समेत सहभागी छन्, जो बालेनलाई साथ दिन शुक्रबार साँझ नै रिसोर्ट पुगेका थिए। प्रधानमन्त्री बालेनले काठमाडौँबाट चढेर आएकै सरकारी गाडीमा मुस्ताङको यात्रा निरन्तर राखेका हुन्। यसअघि पोखराबाट नेपाली सेनाको हेलिकप्टर प्रयोग गरी मुस्ताङ जाने तयारी भए पनि अन्तिम समयमा उनी गाडीमै त्यसतर्फ लागेका हुन्।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र ६, शनिबार ०७:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP