• २०८३ भाद्र १० | Wed, 26 Aug 2026

  • रुकुम पश्चिममा माइक्रोबसको ठक्करबाट आमा-छोरीको मृत्यु

    रुकुम पश्चिममा माइक्रोबसको ठक्करबाट आमा-छोरीको मृत्यु

    रुकुम पश्चिम — मध्यपहाडी सडकखण्ड अन्तर्गत रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-८ एकान्तमा आइतबार बिहान माइक्रोबसको ठक्करबाट आमा-छोरीको मृत्यु भएको छ।

    गुल्मीको रुरुक्षेत्र गाउँपालिका-४ बलेटक्चा घर भई रुकुम पश्चिमको सदरमुकाम मुसिकोटबाट गुल्मीतर्फ जाँदै गरेका २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिकाको दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।

    प्रहरी सूचना अधिकारी झविन्द्र परियारका अनुसार क.प्र.०२००१ ख १०७० नम्बरको गाडीमा सवार उनीहरू बिहान करिब ९ बजेतिर बालिकाले शौच गर्ने बताएपछि गाडी रोकेर बाटो छेउ ओर्लिएका थिए। सोही क्रममा तीव्र गतिमा आएको भे.१ ज १४८२ नम्बरको अर्को माइक्रोबसले उनीहरूलाई ठक्कर दिएको थियो।

    दुर्घटनालगत्तै प्रहरी चौकी सिम्लीबाट प्रहरी नायव निरीक्षक धर्मबहादुर खड्काको कमाण्डमा खटिएको ४ जनाको टोली घटनास्थल पुगेको थियो। तीव्र ठक्करबाट गम्भीर घाइते भएका आमा-छोरीलाई उपचारका लागि जिल्ला अस्पताल सल्ले पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्।

    ठक्कर दिने माइक्रोबस र त्यसका चालक सानीभेरी गाउँपालिका–३ चौखे निवासी २२ वर्षीय अम्मर विकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे आवश्यक अनुसन्धान सुरु गरेको छ।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र ७, आईतवार ०६:४५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP