काठमाडौँको चमतिस्थित केन्द्रीय कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दोस्रो केन्द्रीय समिति बैठक सुरु भएको छ। महामन्त्री विपिन आचार्यले बैठकका एजेन्डाहरू पढेर सुनाएसँगै छलफल अघि बढेको हो। गत असार ७ देखि १२ गतेसम्म चितवनमा सम्पन्न पहिलो राष्ट्रिय महाधिवेशनपछि र साउन १४ गते बसेको पहिलो बैठकपछिको यो दोस्रो केन्द्रीय समिति बैठक हो।
यस बैठकको मुख्य एजेन्डा पार्टीका पदाधिकारी, सचिवालय सदस्य तथा केन्द्रीय सदस्यहरूको मनोनयन गर्नु रहेको छ। रास्वपाको विधान अनुसार सभापति रवि लामिछानेले मनोनयनका लागि प्रस्ताव बैठकसमक्ष पेश गर्नेछन् र केन्द्रीय समितिले त्यसलाई अनुमोदन गर्नेछ।
गत साउन १३ गतेको बैठकबाट वरिष्ठ नेता मनोनित हुनुभएका प्रधानमन्त्री वालेन्द्र शाह भने स्थलमार्ग हुँदै पोखरातर्फ लागेकाले आजको बैठकमा उपस्थित हुनुहुन्न। यद्यपि, उहाँका राजनीतिक सल्लाहकार एवं पार्टीका सहमहामन्त्री असिम शाह भने बैठकमा सहभागी हुनुहुन्छ।
प्रतिक्रिया