• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

  • केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने उद्योगमन्त्री गौरी कुमारीको दाबी

    केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने उद्योगमन्त्री गौरी कुमारीको दाबी

    काठमाडौँ — उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग आगामी केही महिनाभित्रै पुनः सञ्चालनमा आउने दाबी गर्नुभएको छ। मंगलबार राष्ट्रिय सभा बैठकमा सांसदहरूले आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। सरकारले उक्त ऐतिहासिक उद्योगलाई पुनर्जीवन दिन विशेष ध्यान दिएको उल्लेख गर्दै मन्त्री कुमारीले उद्योगको आवश्यक मर्मत सम्भारका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँ बजेट निकासा भई कार्य द्रुत गतिमा अगाडि बढिसकेको जानकारी दिनुभयो। उहाँले अर्थ मन्त्रालयबाट निकासा भएको रकम सम्बन्धित उद्योगमा पुगिसकेकाले अबको केही महिनामै उद्योग सञ्चालनमा आउनेमा ढुक्क हुन संसद्लाई विश्वास दिलाउनुभयो।

    यसैगरी, मन्त्री कुमारीले मुलुकको बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सरकारले विशेष योजना बनाएर प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको स्पष्ट पार्नुभयो। सोही क्रममा उहाँले नेपाल र अमेरिकाबीचको व्यापार सम्झौताअनुसार नेपाली उत्पादनले पाउँदै आएको ‘ड्युटी फ्री’ (भन्सार छुट) र ‘कोटा फ्री’ सुविधाको अवधि समाप्त भइसकेको जानकारी दिँदै उक्त सुविधालाई निरन्तरता दिन र अवधि थप गर्नका लागि अमेरिकी सरकारसँग औपचारिक अनुरोध गरिएको ब्यहोरा समेत बैठकमा निवेदन गर्नुभयो।



    radiomirmire radiomirmire    
  • २०८३ असार २३, मंगलवार १०:१४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP