• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • सिन्धुलीमा बस र हायस ठोक्किँदा ९ जना घाइते, ४ जनाको अवस्था गम्भीर

    सिन्धुलीमा बस र हायस ठोक्किँदा ९ जना घाइते, ४ जनाको अवस्था गम्भीर

    सिन्धुली । बीपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–५ साईटारमा बस र हायस एक आपसमा ठक्कर खाँदा नौ जना यात्रु घाइते भएका छन् ।

    काठमाडौंबाट काँकडभिट्टातर्फ जाँदै गरेको बा ४ ख ५०५२ नम्बरको हायस र खुर्कोटबाट काठमाडौंतर्फ आउँदै गरेको बा ०१–००६ ख २२९७ नम्बरको बस शुक्रबार एकआपसमा ठक्कर खाएका हुन् । दुर्घटनामा तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

    घाइतेहरूको विवरण र उपचार

    ईलाका प्रहरी कार्यालय खुर्कोटका प्रहरी निरीक्षक बसन्तबहादुर भुजेलका अनुसार घाइतेमध्ये चार जनालाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ भने अन्य पाँच जनाको आत्मीय सामुदायिक अस्पताल खाल्टेमा उपचार भइरहेको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र २०, शुक्रबार ०७:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP