• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • अस्पतालहरूमा आइतबार पनि ओपिडी सेवा सञ्चालन हुने, मन्त्रालयको निर्देशन

    अस्पतालहरूमा आइतबार पनि ओपिडी सेवा सञ्चालन हुने, मन्त्रालयको निर्देशन

    काठमाडौँ । स्वास्थ्य सेवा प्रवाहलाई निरन्तर र प्रभावकारी बनाउन देशभरका अस्पतालहरूमा आइतबार पनि बहिरङ्ग (ओपिडी) सेवा उपलब्ध हुने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई आफ्नो कार्यबोझ (वर्कलोड) र जनशक्ति अनुसार आइतबार ओपिडी सेवा सञ्चालन गर्न निर्देशन दिएको हो।

    सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि स्वास्थ्य सेवा प्रभावित हुन नदिन मन्त्रालयले यो कदम चालेको हो। मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार, आइतबार सेवा दिने कर्मचारीहरूको हकमा विशेष व्यवस्था समेत गरिएको छ।

    मन्त्रालयले संघीय अस्पतालहरूका साथै सातै प्रदेशका स्वास्थ्य मन्त्रालयहरूलाई पत्र लेख्दै प्रादेशिक अस्पतालहरूमा समेत सोही अनुसारको व्यवस्था मिलाउन अनुरोध गरेको छ। यस निर्णयले सार्वजनिक बिदाका कारण स्वास्थ्य उपचारबाट वञ्चित हुनुपर्ने सर्वसाधारणको समस्या हल हुने विश्वास लिइएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र २७, शुक्रबार ०७:१७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP