• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

  • राहदानी विभाग अगाडि एक युवकद्वारा आत्मदाहको प्रयास, अवस्था गम्भीर

    राहदानी विभाग अगाडि एक युवकद्वारा आत्मदाहको प्रयास, अवस्था गम्भीर

    काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका एक युवकको अवस्था गम्भीर रहेको छ। बिहीबार दिउँसो पौने २ बजे विभागको गेट नम्बर ३ अगाडि मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन्। हाल भक्तपुरमा बस्दै आएका उनलाई घटनालगत्तै उद्धार गरी उपचारका लागि वीर अस्पताल पुर्‍याइएको छ।

    जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार नेपालीले राहदानी विभागको गेट अगाडि ‘नो पार्किङ’ क्षेत्रमा आफ्नो मोटरसाइकल राखेर गएका थिए। निषेधित क्षेत्रमा पार्क गरिएको उक्त मोटरसाइकलमा काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले ‘ह्विल लक’ लगाइदिएको थियो। पछि सोही स्थानमा फर्किएका नेपालीले मोटरसाइकलमा लक लागेको देखेपछि आक्रोश वा तनावमा आई मोटरसाइकल भएकै ठाउँमा आफ्नो शरीरमा पेट्रोल छर्की आगो लगाएका हुन्।

    आगोले शरीरका विभिन्न भाग जलेका कारण उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। वीर अस्पतालमा उपचाररत उनी हाल बोल्न सक्ने अवस्थामा रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ असार २५, बिहीबार ०९:४४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP