• २०८३ श्रावण १० | Sun, 26 Jul 2026

  • शिक्षा नियमावलीको १०औं संशोधन स्वीकृत; शिक्षक महासंघको निर्वाचनमा अब सबै शिक्षकले भोट हाल्न पाउने

    शिक्षा नियमावलीको १०औं संशोधन स्वीकृत; शिक्षक महासंघको निर्वाचनमा अब सबै शिक्षकले भोट हाल्न पाउने

    नेपाल शिक्षक महासंघको निर्वाचनमा अबदेखि देशभरका सबै शिक्षकले मतदान गर्न पाउने भएका छन्। सरकारले बिहीबार स्वीकृत गरेको शिक्षा नियमावलीको १०औं संशोधनमा महासंघको चुनावमा सबै शिक्षकलाई मतदानको अधिकार दिने व्यवस्था गरिएको हो।

    यसअघि विभिन्न शिक्षक संगठन र संस्थाहरूले प्रतिनिधि पठाउने र तिनैले मात्र नेतृत्व छान्ने व्यवस्था थियो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नयाँ व्यवस्था अनुसार विधान संशोधनको तयारी भइरहेको बताउनुभएको छ। परिमार्जित नियमावली अनुसार महासंघको विधान दर्ता वा संशोधन गर्नुअघि शिक्षा मन्त्रालयको सहमति लिनु अनिवार्य हुनेछ। मन्त्रालयको स्वीकृति नलिएका विधानहरू नियम लागू भएको ३० दिनभित्र स्वीकृतिका लागि पेस नगरेमा स्वतः अमान्य हुने व्यवस्था समेत गरिएको छ।



    radiomirmire radiomirmire    
  • २०८३ असार १९, शुक्रबार ०९:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP