• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

     दार्चुलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मंगलबार बिहान शैल्यशिखर नगरपालिका–४ ओसिलको देखालामा ओसिलबाट गोकुलेश्वरतर्फ जाँदै गरेको सु.प.प्र ०१–००१ ज १६४१ नम्बरको जीप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा परी जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दार्चुलामा कार्यरत सब–इन्जिनियर मनिषा पाल र सोही कार्यालयका कर्मचारी भरत तितरोको घटनास्थलमै मृत्यु भएको दार्चुलाका प्रहरी प्रमुख गौरब महतले जानकारी दिए । शैल्यशिखर नगरपालिका–४ ओसिलमा योजना अनुगमनका लागि गएको उक्त जिप मंगलबार बिहान करिब ९ बजेतिर दुर्घटनामा परेको थियो ।

    दुर्घटनामा परी शैल्यशिखर नगरपालिका–४ का अकबर महर, सोही स्थानका गाडीधनी विक्रम महर, चालक प्रकाश ठगुन्ना तथा मालिकार्जुन गाउँपालिका–५ डाडाकोटका मिनबहादुर पाल घाइते भएका छन् । घटनाबारे जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय दार्चुला तथा इलाका प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलमा पुगेको छ ।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र १७, मंगलवार ०८:२९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP