• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • परराष्ट्रमन्त्री खनाल मरिसस प्रस्थान; हिन्द महासागर सम्मेलनमा ‘हिमालय र सागर’को सम्बन्ध प्रस्तुत गर्ने

    परराष्ट्रमन्त्री खनाल मरिसस प्रस्थान; हिन्द महासागर सम्मेलनमा ‘हिमालय र सागर’को सम्बन्ध प्रस्तुत गर्ने

    परराष्ट्रमन्त्री शिशिर खनाल नवौँ हिन्द महासागर सम्मेलन मा सहभागी हुन बिहीबार मरिसस प्रस्थान गरेका छन्। मरिससको राजधानी पोर्ट लुइसमा चैत २७ र २८ गते आयोजना हुने यस सम्मेलनलाई क्षेत्रीय कूटनीतिक वृत्तमा महत्त्वका साथ हेरिएको छ।

    भारतको विदेश मन्त्रालय, इन्डिया फाउन्डेसन र मरिसस सरकारको संयुक्त आयोजनामा हुने यस वर्षको सम्मेलनको नारा ‘हिन्द महासागर शासनका लागि सामूहिक संरक्षकत्व’ तय गरिएको छ।

    पर्वत-सागर सम्बन्धमा नेपालको जोड सम्मेलनमा नेपालले भूपरिवेष्ठित मुलुक भए पनि हिन्द महासागरको स्वास्थ्य र शासनमा आफ्नो सक्रिय चासो प्रस्तुत गर्नेछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले हिमालयबाट बग्ने पानी र महासागरको पारिस्थितिकीय प्रणालीबीचको अन्तरसम्बन्ध (Mountain-Ocean Connectivity) बारे धारणा राख्नेछन्। साथै, जलवायु परिवर्तनले हिमालदेखि समुद्रसम्म पारेको प्रभाव र नेपालको वैदेशिक व्यापारका लागि समुद्री पहुँचको अपरिहार्यताबारे उनले विश्व समुदायको ध्यानाकर्षण गराउनेछन्।

    साइडलाइन वार्ता र कूटनीति भ्रमणका क्रममा मन्त्री खनाल र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच द्विपक्षीय भेटवार्ता हुने सम्भावना प्रबल छ। उक्त भेटमा नेपाल–भारत सीमा, कनेक्टिभिटी र ऊर्जा व्यापारका पछिल्ला आयामबारे संवाद हुन सक्ने बताइएको छ। सम्मेलनमा भुटानी विदेशमन्त्री दीनानाथ ढुंगेल लगायत अन्य क्षेत्रीय नेताहरूसँग पनि भेटघाटको तालिका छ।

    परराष्ट्रका वरिष्ठ अधिकारी सम्मिलित टोलीको नेतृत्व गर्दै मन्त्री खनाल चैत ३० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र २६, बिहीबार ०७:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP