• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • जे–जी आन्दोलन दमन प्रकरण: पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामुक्त

    जे–जी आन्दोलन दमन प्रकरण: पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखक थुनामुक्त

    जे–जी (Gen-Z) आन्दोलनका क्रममा दमन गरेको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक १३ दिनपछि थुनामुक्त भएका छन्। सर्वोच्च अदालतको आदेश बमोजिम उनीहरूलाई बिहीबार हाजिरी जमानीमा रिहा गरिएको हो।

    जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवन कुमार भट्टराईका अनुसार स्वास्थ्य परीक्षणपश्चात दुवैलाई आवश्यकता परेका बेला उपस्थित हुने सर्तमा छाडिएको हो। पूर्वप्रधानमन्त्री ओली पक्राउ परेकै दिनदेखि स्वास्थ्य समस्याका कारण त्रिवि शिक्षण अस्पतालमा उपचाररत थिए। उनलाई अस्पतालबाटै आफन्तको जमानीमा रिहा गरिएको प्रहरीले जनाएको छ।

    अदालतको आदेश र कानुनी प्रक्रिया सर्वोच्च अदालतले गत सोमबार ओली र लेखकलाई थुनामा राख्न थप म्याद आवश्यक नपर्ने भन्दै परमादेश जारी गरेको थियो। सोही आदेशको कार्यान्वयन गर्दै प्रहरीले बिहीबार उनीहरूलाई थुनामुक्त गर्ने प्रक्रिया अघि बढाएको हो।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र २६, बिहीबार ०७:११
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP