• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • प्रधानमन्त्री बालेन शाहद्वारा विदेशी राजदूतहरूसँग सामूहिक शिष्टाचार भेट: कूटनीतिक क्षेत्रमा ‘नयाँ अभ्यास’

    प्रधानमन्त्री बालेन शाहद्वारा विदेशी राजदूतहरूसँग सामूहिक शिष्टाचार भेट: कूटनीतिक क्षेत्रमा ‘नयाँ अभ्यास’

    प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार ग्रहण गरेको १२औँ दिनमा नेपालस्थित विभिन्न मुलुकका राजदूत तथा कूटनीतिक नियोगका प्रमुखहरूसँग सामूहिक शिष्टाचार भेट गरेका छन्। विगतमा विदेशी राजदूतहरूले प्रधानमन्त्रीलाई छुट्टाछुट्टै भेट्ने प्रचलन रहे पनि प्रधानमन्त्री शाहले सामूहिक भेटघाट गरी कूटनीतिक क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गरेका हुन्।

    गत १३ चैतमा शपथग्रहण लगत्तै शीतलनिवासमा बधाई ज्ञापन गरेका राजदूतहरूले बुधबार प्रधानमन्त्रीसँग पहिलो औपचारिक भेटवार्ता गरेका हुन्। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालसँग विभिन्न राष्ट्रका राजदूतहरूले बेग्लाबेग्लै भेट गरे पनि प्रधानमन्त्रीको तहमा भने यो पहिलो सामूहिक संवाद हो।

    परराष्ट्र नीतिको निरन्तरतामा जोड

    भेटका क्रममा प्रधानमन्त्री शाहले परराष्ट्र मन्त्रालयद्वारा तयार पारिएको ‘भाषण नोट’ मार्फत करिब चार मिनेट सम्बोधन गरेका थिए। उनले नेपालको परराष्ट्र नीति सन्तुलित र व्यावहारिक रहने स्पष्ट पार्दै छिमेकी तथा मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई पारस्परिक सम्मान र साझा समृद्धिका आधारमा अझ सुदृढ बनाइने बताए।

    शान्ति र श्रमिकको सुरक्षा प्राथमिकता

    विश्वमा बढ्दै गएको द्वन्द्वप्रति चासो व्यक्त गर्दै प्रधानमन्त्री शाहले शान्ति नै साझा प्राथमिकता हुनुपर्नेमा जोड दिए। द्वन्द्वले सर्वसाधारणलाई बढी असर गर्ने उल्लेख गर्दै उनले यस दिशामा सामूहिक प्रयासको अपेक्षा गरे। यस्तै, उनले विदेशमा रहेका नेपाली श्रमिक र नेपाली डायस्पोराको सुरक्षा र हितप्रति सरकार गम्भीर रहेको समेत स्पष्ट पारे।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र २६, बिहीबार ०७:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP