• २०८३ बैशाख २ | Wed, 15 Apr 2026

  • उमेर हद र विवादका बीच कर्णाली प्रदेश सभा सचिव बुढाथोकीद्वारा राजीनामा

    उमेर हद र विवादका बीच कर्णाली प्रदेश सभा सचिव बुढाथोकीद्वारा राजीनामा

    कर्णाली प्रदेश सभाका सचिव जीवराज बुढाथोकीले आफ्नो पदबाट राजीनामा दिएका छन्। उमेर हदका कारण विवादमा तानिएका बुढाथोकीले बुधबार प्रदेश प्रमुखको कार्यालयमा राजीनामा बुझाएका हुन्।

    प्रदेश प्रमुखको कार्यालयकी सूचना अधिकारी मनमाया काउचाका अनुसार बुढाथोकीको राजीनामा पत्र प्राप्त भइसकेको छ। “आज राजीनामा पत्र दर्ता भएको छ,” काउचाले भनिन्, “आवश्यक छलफल र प्रक्रिया पूरा गरी स्वीकृतिको जानकारी गराउनेछौँ।”

    उमेर हद नाघेपछि राजीनामा

    २०७६ जेठ १२ गते पहिलोपटक सचिव नियुक्त भएका बुढाथोकी २०८१ जेठ १३ मा दोस्रो कार्यकालका लागि पुनः नियुक्त भएका थिए। प्रदेश सभा सचिवालयसम्बन्धी ऐन, २०७५ को दफा ८ (घ) अनुसार सचिवको पदमा बहाल रहन ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने प्रावधान छ।

    २०१७ चैत ४ गते जन्मिएका बुढाथोकीले गत २०८२ चैत ४ गते नै ६५ वर्ष पूरा गरिसकेका थिए। ऐनअनुसार उमेर हद पुगेलगत्तै पदमुक्त हुनुपर्नेमा २१ दिन ढिला गरी मात्र उनले राजीनामा दिएका हुन्। ६५ वर्ष पूरा हुँदा पनि पद नछाडेको भन्दै उनको चौतर्फी आलोचना भइरहेको थियो।

    विवादित कार्यकाल

    सचिवालयमा करिब सात वर्ष बिताएका बुढाथोकीको बहिर्गमन सुखद रहेन। कार्यकालभरि उनी विभिन्न आर्थिक विवादमा मुछिए।



    radiomirmire radiomirmire    
  • २०८२ चैत्र २५, बुधबार ०७:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP