श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई (हर्क साम्पाङ) ले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई तत्काल सरकारको नेतृत्व सम्हाल्न आग्रह गरेका छन्।
रास्वपाकै वरिष्ठ नेता वालेन्द्र शाह (बालेन) प्रधानमन्त्री रहेको वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै साम्पाङले सभापति लामिछानेलाई अगाडि सर्न अनुरोध गरेका हुन्। धरानको मेयर छँदादेखि नै बालेन शाहका कडा आलोचक मानिने साम्पाङले सामाजिक सञ्जालमार्फत वर्तमान सरकारको चर्को आलोचना गरेका छन्।
शनिबार सामाजिक सञ्जालमा लेख्दै साम्पाङले भनेका छन्, “रविजीले तुरुन्तै ढिलो नगरी सरकार सम्हाल्नुपर्छ। यो सरकार रहिरहने हो भने न सुशासन हुन्छ न विकास। एउटा जाबो ग्यास त ल्याएर दिन सकेको छैन अरु त उइ।”
प्रतिक्रिया