• २०८३ श्रावण २७ | Wed, 12 Aug 2026

  • प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति प्रचण्डको कडा आपत्ति, प्रतिपक्षसँग संवाद गर्न आग्रह

    प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति प्रचण्डको कडा आपत्ति, प्रतिपक्षसँग संवाद गर्न आग्रह

    काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपाका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाउनुभएको छ।

    बिहीबार संसद् बैठकमा बोल्दै नेता प्रचण्डले देशको असहज परिस्थितिलाई निकास दिन र सुशासन कायम गर्न विपक्षी दलहरूसँग संवाद गरेर अघि बढ्न प्रधानमन्त्री शाहलाई आग्रह गर्नुभयो।

    विगतका अनुभवी नेताहरूलाई बोलाएर छलफल गर्न प्रधानमन्त्रीलाई कसले रोकेको छ भन्दै प्रश्न गर्नुभएका प्रचण्डले भन्नुभयो, “प्रधानमन्त्रीका कतिपय अभिव्यक्तिले स्थितिलाई असहज बनाएको छ। उहाँले रोस्ट्रममा उभिएर जबाफ दिनुपर्छ, त्यो नै लोकतान्त्रिक परम्परा हो। यसलाई भाँच्ने वा उल्ट्याउने कोसिस नगरियोस्।”

    प्रतिपक्षसँग संवाद गर्दा र संसद्मा स्पष्टीकरण दिँदा कद नघट्ने उल्लेख गर्दै प्रचण्डले थप्नुभयो, “त्यसरी संवाद गर्दा तपाईंको कद घट्दैन, बरु माथि जान्छ। यसलाई बुढापाकाको राम्रो कुरा ठान्नुहुन्छ भने मान्नुस्, कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको भन्ने उखानै छ।”

    नेपालमा धेरै ठूला अप्ठेरा परिस्थितिलाई निकास दिएका र लोकतन्त्रका लागि दशकौँ जेल-नेल भोगेका अनुभवी नेताहरूको पंक्ति रहेको स्मरण गराउँदै उहाँले प्रधानमन्त्रीले अहङ्कार छोडेर सहकार्यको बाटो रोज्नुपर्ने बताउनुभयो। “म मात्रै पर्याप्त छु भन्ने ठानेर संवाद नगर्नु दुर्भाग्यपूर्ण हुनेछ। उहाँले मलाई नै बोलाएर ‘तपाईं भ्रष्टाचारविरुद्ध लड्दा किन सफल हुनुभएन?’ भनेर सोधे पनि हुन्थ्यो,” उहाँको भनाइ थियो।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण १४, बिहीबार ०९:२१
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP