काठमाडौँ। नेपाली सेनाले रसुवाका बाढी प्रभावित क्षेत्रबाट १७ जना विदेशी नागरिकसहित थप ४४९ जनाको हेलिकप्टरमार्फत उद्धार गरेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार शुक्रबार मध्याह्न १२:२० बजेसम्म टिमुरे, स्याफ्रुबेसी र मैलुङ लगायतका भीषण बाढी प्रभावित स्थानहरूबाट उद्धार टोलीले उनीहरूलाई सुरक्षित स्थानमा पुर्याएको हो।
उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सेनाले प्रभावित क्षेत्रमा ४ हजार ५ सय सैनिक फौज परिचालन गरेको छ। उच्च पदस्थ सैनिक अधिकारीहरू स्वयम् फिल्डमा खटिएर खोज, उद्धार तथा राहत वितरणको प्रत्यक्ष कमान्ड सम्हालिरहेका छन्।
सेनाले घाइतेहरूको आपतकालीन उपचार, बेपत्ता भएका व्यक्तिहरूको खोजीका साथै प्रभावित समुदायलाई राहत सामग्री वितरणको कार्यलाई तीव्र गतिमा अघि बढाएको जनाएको छ
प्रतिक्रिया