त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलोग्रामभन्दा बढी अवैध सुनसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) बाट फ्लाई दुबईको उडानमार्फत काठमाडौँ ओर्लिएका भारतको केरलाका मोहमद चेरा ठोदी ५३५ ग्राम सुनसहित पक्राउ परेका हुन्।
विमानस्थलमा खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेका उनको सुरक्षा जाँच गर्ने क्रममा भित्री वस्त्र (पेन्टी) भित्र प्लास्टिकमा पोका पारेर (र्यापिङ गरी) ल्याएको अर्धठोस (पेस्ट) अवस्थाको सुन बरामद गरेको हो।
विमानस्थलका प्रहरी उपरीक्षक (एसपी) राजकुमार सिलवालका अनुसार बरामद सुनसहित पक्राउ परेका ठोदीलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि विमानस्थल भन्सार कार्यालय बुझाइएको छ।
प्रतिक्रिया