• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनललाई कम्युनिटी शिल्डको उपाधि, मिकेल आर्टेटाको नयाँ कीर्तिमान

    म्यानचेस्टर सिटीलाई हराउँदै आर्सनललाई कम्युनिटी शिल्डको उपाधि, मिकेल आर्टेटाको नयाँ कीर्तिमान

    म्यानचेस्टर सिटीलाई ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै आर्सनलले कम्युनिटी शिल्डको उपाधि उचालेको छ। कार्डिफस्थित प्रिन्सिपालिटी स्टेडियममा आइतबार राति सम्पन्न फाइनल खेलमा एफए कप विजेता सिटीमाथि प्रभावशाली जित निकाल्दै आर्सनलले सन् २०२६/२७ सिजनको शानदार सुरुवात गरेको हो। योसँगै आर्सनलले चार महिनाभित्र आफ्नो दोस्रो उपाधि चुम्न सफल भएको छ।

    खेल सुरु भएको २३औँ सेकेन्डमै रिकार्डो कालाफियोरीले जियानलुइजी डोन्नारुम्मालाई छक्याउँदै गोल गरेर आर्सनललाई अग्रता दिलाएका थिए। यसै सिजन टोलीमा आवद्ध भएका क्रिस्टोस जोलिसले उत्कृष्ट प्रदर्शन गर्दै खेलमा दुई असिस्ट प्रदान गरे। त्यसपछि २८औँ मिनेटमा काई हाभर्ट्जले गोल गर्दै अग्रता दोब्बर बनाए भने ४७औँ मिनेटमा मार्टिन ओडेगार्डको उत्कृष्ट फिनिसिङसँगै आर्सनलले ३–० को जित र उपाधि पक्का गर्‍यो।

    यस जितसँगै आर्सनलले १८औँ पटक कम्युनिटी शिल्डको उपाधि आफ्नो नाममा लेखाएको छ। मुख्य प्रशिक्षक मिकेल आर्टेटाले पनि नयाँ कीर्तिमान कायम गरेका छन्; उनले खेलाडी (२०१४/१५) र प्रशिक्षक (२०२०, २०२३ र २०२६) का रूपमा गरी कुल चार पटक यो उपाधि जित्न सफल भएका छन्।

    सुरुवाती गोलकर्ता रिकार्डोले उपाधि जित्दै गरिएको यो प्रदर्शनलाई नयाँ सिजनको सुरुवात गर्ने उत्तम र आदर्श तरिका भनेका छन्।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र १, सोमबार ०७:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP