• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • प्रधानमन्त्री बालेनले बुझाए संसद् सचिवालयमा मेडिकल रिपोर्ट: संसद्मा कालो चस्मा लगाउनुपर्ने कारण खुलाइयो

    प्रधानमन्त्री बालेनले बुझाए संसद् सचिवालयमा मेडिकल रिपोर्ट: संसद्मा कालो चस्मा लगाउनुपर्ने कारण खुलाइयो

    प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले संसद् बैठकमा उपस्थित हुँदा कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या रहेको भन्दै मेडिकल रिपोर्टसहितको पत्र संसद् सचिवालयमा पेस गरेका छन्।

    संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले प्रधानमन्त्रीको उक्त पत्र र मेडिकल रिपोर्ट प्राप्त भएको पुष्टि गरेका छन्। प्रवक्ता गिरीका अनुसार प्रधानमन्त्रीलाई स्वास्थ्यका कारण कालो चस्मा लगाउनैपर्ने बाध्यता रहेको उल्लेखित पत्र सचिवालयमा दर्ता भएको छ।

    यसअघि गत साउन २० गते बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख डीपी अर्यालले संसद्मा सांसदहरूले कालो चस्मा लगाउने विषयमा बारम्बार प्रश्न उठेको भन्दै विशेष स्वास्थ्य समस्या र चिकित्सकको रिपोर्टबाहेक अन्य अवस्थामा कालो चस्मा लगाउन नपाइने नियमबारे ध्यानाकर्षण गराएका थिए। सोही निर्देशनबमोजिम प्रधानमन्त्री बालेनले आफ्नो स्वास्थ्य परीक्षणको रिपोर्ट सचिवालयमा बुझाएका हुन्।

    प्रधानमन्त्रीलाई कुन विशिष्ट स्वास्थ्य समस्या भएको हो भन्ने विषयमा सोधिएको प्रश्नमा प्रवक्ता गिरीले स्वास्थ्य रिपोर्टसहितको पत्र प्राप्त भएको जानकारी मात्र दिएका छन्। प्रतिनिधिसभाको बैठकमा सांसदहरूसँगको प्रश्नोत्तर कार्यक्रमअघि प्रधानमन्त्रीको यो मेडिकल रिपोर्टको विषय सार्वजनिक भएको हो।



    radiomirmire radiomirmire    
  • २०८३ भाद्र ९, मंगलवार ०७:३६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP