• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • बारामा एमाले र जेन–जीबिच झडप

    बारामा एमाले र जेन–जीबिच झडप

    बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ स्थित सिमराचोकमा बुधबार नेकपा (एमाले) युवा पक्ष र जेन–जीबिच झडप भएको छ। नेपाल कम्युनिस्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत बुधबार बिहान १०:३० बजे बुद्ध एयरबाट सिमरा एयरपोर्टमा आउने तयारी गरिरहेको जानकारी पाउनेबित्तिकै जेन–जीले विरोध जनाउँदा एमालेसमर्थक र जेन–जीबिच झडप सुरु भएको हो।

    झडपको क्रममा जेन–जी युवाले सिमरा चोकमा बनाएको स्वागतद्वार च्यातेर भत्काएका छन्। अहिले सिमरा विमानस्थल र सिमराचोकमा ठुलो मात्रामा प्रहरी परिचालन गरिएको छ। प्रहरीले झडप नियन्त्रणमा लिएको जनाएको छ। हालसम्म महासचिव पोखरेल र नेता बस्नेत सिमरा आइपुगेका छैनन्। सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासन सतर्क रहेको बताइएको छ।



    radiomirmire radiomirmire    
  • २०८२ मंसिर ३, बुधबार ०७:५५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP