• २०८२ माघ ११ | Sun, 25 Jan 2026

  • कांग्रेसको समानुपातिक सूचीको एक नम्बरमा अर्जुननरसिंह केसीको नाम

    कांग्रेसको समानुपातिक सूचीको एक नम्बरमा अर्जुननरसिंह केसीको नाम

    निर्वाचन आयोगमा समानुपातिकतर्फको सूची बुझाउने अन्तिम दिन नेपाली कांग्रेसले अन्तिम रुप दिँदै छ।

    त्यसका लागि सातै प्रदेशबाट नाम सभापति शेरबहादुर देउवालाई बुझाइसकिएको छ।

    सो क्रममा कांग्रेसले एक नम्बर सूचीमा नेता अर्जुननरसिंह केसीको नाम राखेको एक नेताले जानकारी दिए।

    ‘हालसम्म उहाँकै नाम राखिएको जानकारी आएको छ’, उनले भने, ‘केन्द्रीय कार्यसम्पादन समितिले फाइनल नगरेसम्म अन्तिम सूची आउँदैन।’

    ती नेताका अनुसार समानुपातिक सूचीलाई अन्तिम रुप दिनकै लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेको छ।

    अघिल्लो चुनावमा नेता केसी नुवाकोट क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए। जेनजी आन्दोलनपछि उनले चुनाव नलड्ने घोषणा गरेका थिए।



    radiomirmire radiomirmire    
  • २०८२ पुष १४, सोमबार ०८:३४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP