• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • चीनतर्फ पहिरो खसेर भोटेकोसी रोकिएपछि दोलालघाटसम्म सतर्क रहन महाशाखाको अपिल

    चीनतर्फ पहिरो खसेर भोटेकोसी रोकिएपछि दोलालघाटसम्म सतर्क रहन महाशाखाको अपिल

    सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका-२ लिपिङपारि चिनियाँ भूभागमा ठूलो पहिरो खसेपछि तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। चिनियाँ भूभागको भिरबाट खसेको ढुंगामाटोसहितको पहिरोले नेपालतर्फ बहने भोटेकोसी नदीको बहाव आधाभन्दा बढी थपेको छ।

    स्थानीय प्रहरीबाट प्राप्त जानकारीका आधारमा बाढी पूर्वानुमान महाशाखाले बिहीबार दिउँसो १२ बजे सूचना जारी गर्दै भोटेकोसी र सुनकोसी नदी किनारका बासिन्दालाई सतर्क रहन निर्देशन दिएको हो।

    महाशाखाद्वारा जारी सूचनामा भनिएको छ:

    “सिन्धुपाल्चोक जिल्लास्थित भोटेकोसी गाउँपालिका-२ लिपिङको पारिपट्टि चाइनातर्फको न्यालमस्थित झिम्मु पोस्ट नजिक भिरबाट ढुंगामाटोसहितको पहिरो खसिरहेको र चाइनाबाट नेपालतर्फ बहने भोटेकोसी नदीको बहाबलाई आधाजति रोकेको अवस्थामा रहेको जानकारी प्राप्त भएको छ। त्यसैले भोटेकोसी र सुनकोसी नदीको दोलालघाटसम्मको तटीय क्षेत्रमा अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउनुहुन अनुरोध छ।”



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण २८, बिहीबार ०७:५२
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP