• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • चीन र दक्षिण एसिया जोड्ने गतिशील पुल बन्न नेपाल तयार : परराष्ट्रमन्त्री खनाल

    चीन र दक्षिण एसिया जोड्ने गतिशील पुल बन्न नेपाल तयार : परराष्ट्रमन्त्री खनाल

    काठमाडौँ — परराष्ट्रमन्त्री शिशिर खनालले चीन र दक्षिण एसियाबिच आर्थिक, व्यापारिक तथा जनस्तरीय सहकार्य विस्तार गर्न नेपालले गतिशील पुलको भूमिका निर्वाह गर्न सक्ने बताएका छन्।

    नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्ट र फुदान विश्वविद्यालयको दक्षिण एसिया अध्ययन केन्द्रद्वारा ललितपुरमा आयोजित ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसिया’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री खनालले सो कुरा बताएका हुन्। कार्यक्रमका प्रमुख अतिथि मन्त्री खनालले नेपालले दुवै छिमेकी मुलुकहरूसँग सार्वभौम समानता, पारस्परिक सम्मान र हितका आधारमा स्वतन्त्र रूपमा सम्बन्ध सुदृढ गर्दै आएको स्पष्ट पारे।

    एसियाको तीव्र आर्थिक रूपान्तरणले साझा समृद्धिका लागि अभूतपूर्व अवसर सिर्जना गरेको उल्लेख गर्दै उनले चीन र भारतको निरन्तर उन्नतिले नेपाललाई व्यापार, लगानी, पूर्वाधार र पर्यटन प्रवर्द्धनका नयाँ ढोका खोलेको बताए। नेपालको परराष्ट्र नीतिको मूल आधार आर्थिक कूटनीति रहेको र यसको अन्तिम उद्देश्य नागरिकको जीवनस्तरमा सुधार ल्याउनु रहेको उनको भनाइ थियो।

    मन्त्री खनालले सहकार्यको सफलता सम्झौताको संख्याभन्दा पनि नागरिकका लागि सिर्जित अवसरका आधारमा मापन हुनुपर्नेमा जोड दिए। नेपालमा ४२ हजार मेगावाट जलविद्युत्, कृषि, पर्यटन र डिजिटल अर्थतन्त्रका क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेको बताउँदै उनले बुद्ध जन्मस्थल, सगरमाथा र सांस्कृतिक सम्पदाले नेपालको ‘सफ्ट पावर’लाई बलियो बनाएको उल्लेख गरे। भूपरिवेष्ठित अवस्थाबाट नेपाललाई चीन र दक्षिण एसिया जोड्ने जीवन्त पुलमा रूपान्तरण गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण २२, शुक्रबार ०९:१८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP