• २०८३ भाद्र ९ | Tue, 25 Aug 2026

  • प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी दलको माग, नहटे सदन अवरुद्ध गर्ने चेतावनी

    प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति रेकर्डबाट हटाउन विपक्षी दलको माग, नहटे सदन अवरुद्ध गर्ने चेतावनी

    काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले प्रधानमन्त्री बालेन्द्र साहले दिएको सीमासम्बन्धी विवादस्पद अभिव्यक्ति राष्ट्रिय रेकर्डमा राखिराख्न नमिल्ने भन्दै सो भनाइ सच्याउन वा अभिलेखबाट हटाउन माग गरेका छन्।

    प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै प्रमुख सचेतक दुलालले गत जेठ १७ गते प्रधानमन्त्री साहले सदनमा ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भनी दिएको अभिव्यक्तिप्रति कडा आपत्ति जनाए। राष्ट्रियता र नेपालको भू-भागसँग जोडिएको संवेदनशील विषय भएकाले उक्त भनाइ संसद्को अभिलेखबाट नहटेसम्म वा प्रधानमन्त्रीले यसबारे स्पष्टीकरण नदिएसम्म विपक्षी दलहरूको विरोध र सदनको अवरोध कायमै रहने चेतावनी उनले दिएका छन्।

    सदनमा बोल्दै दुलालले राष्ट्रहित प्रतिकूल हुने कुनै पनि भनाइलाई राष्ट्रिय रेकर्डमा कायम राख्न नसकिने उल्लेख गर्दै सभामुखबाट यस विषयमा स्पष्ट रुलिङ हुनुपर्ने वा प्रधानमन्त्रीलाई संसद्मै बोलाएर जवाफ माग्नुपर्ने ध्यानाकर्षण गराए। विपक्षी दलहरूले लामो समयदेखि उठाउँदै आएको यो माग राष्ट्रिय अखण्डतासँग जोडिएकाले पछि हट्न नसकिने र विवादित अभिव्यक्ति सच्याएर समाधान खोज्नुपर्ने उनको भनाइ थियो।



    radiomirmire radiomirmire    
  • २०८३ श्रावण २२, शुक्रबार १०:००
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP